धरानः खोटाङ केन्द्रविन्दू भएर ६ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मात्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १४ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का पूर्वका अधिकांश जिल्ला र काठमाडौं उपत्यकाका तीनै जिल्लामा पनि महशुस गरिएको थियो। गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।
भुकम्पले भोजपुर नगरपालिका–१२ टक्सारमा २ घर क्षतिग्रस्त भएको हो।
त्यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा कच्ची घर भत्किएको छ।
खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार घर भत्किए पनि मानवीय क्षति भएको छैन