धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रारमा सुर्य संग्रौला नियुक्त भएका छन् ।
स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले उनलाई नियुक्त गरेका हुन् । संग्रौला नेपाली कांग्रेस नेतृ डिला संग्रौलाका श्रीमान हुन् ।
प्रतिष्ठानमा अनियमितता गरेका भन्दै आन्दोलन भएपछि यसअघिका रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका थिए । डा. रेग्मीलाई २०७७ साउन ४ गते तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चार वर्षका लागि नियुक्त गरेका थिए । तर, प्रतिष्ठानमा कर्मचारी र प्राध्यापक आन्दोलनमा उत्रिएपछि डा.रेग्मीले २०७८ भदौ ११ गते राजीनामा दिएका थिए । त्यसयता प्रतिष्ठानमा रजिस्ट्रार पद रिक्त रहेको थियो ।
यस्तै, प्रतिष्ठान सिनेट सदस्यमा डा ज्ञानेन्द्र मल्ल र डा स्मृति कार्की पनि मनोनित भएका छन् ।