विराटनगरः मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित सडक खण्डमा बसबाट लड्दा एकजना वृद्धको मृत्यु भएको छ ।
बिहान ११ बजे कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को१ख ४१८८ नम्बरको बसमा सवार रहेका कानेपोखरी–२ मोरङका ७३ वर्षीय बलभद्र पराजुली बसबाट ओर्लिने क्रममा लडेर घाइते भएका थिए ।
घाइते पराजुलीको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
बस र चालक रतुवाइमाइ नगरपालिका–२ का बाबुराम टुडुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।