Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा नवनियुक्त पदाधिकारीद्वारा सपथ र पदभार ग्रहण

हाम्रो कोशी आवाज
साउन १७ २०७९, मंगलबार
धरानको बीपी प्रतिष्ठानमा नवनियुक्त पदाधिकारीद्वारा सपथ र पदभार ग्रहण

धरानः धरानििस्थत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रजिष्ट्रारमा प्रा.डा.सूर्यप्रसाद संग्रौला तथा अस्पताल निर्देशकमा डा.जगतनारायण प्रसाद नियुक्त भएका छन् ।
त्यसैगरी प्रतिष्ठानको कार्यकारिणी सदस्यमा जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी विभागका विभागीय प्रमुख प्रा.डा.ज्ञानेन्द्रबहादुर मल्ल तथा प्याथोलोजी विभागकी विभागीय प्रमुख प्रा.डा.स्मृति कार्की मनोनित भए । प्रतिष्ठानको अडिटोरियम हलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले चारैजनालाई सपथ ग्रहण गराएका छन् ।
सो अवसरमा प्रतिष्ठानका उपकुलपति र शिक्षाध्यक्षबाट उनीहरुलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । नवनियुक्त रजिष्ट्रार तथा अस्पताल निर्देशकबाट धन्यवाद ज्ञापनसहित प्रतिष्ठानको हितमा सदैव कार्य गर्ने वाचा गर्दै त्यसका लागि सम्पूर्ण प्रतिष्ठान परिवार तथा सरोकारवालाहरुको साथ सहयोग रहने अपेक्षा व्यक्त गरे ।
कार्यक्रमपश्चात् प्रतिष्ठानका उपकुलपति डा. गिरीले नवनियुक्त रजिष्टुार एवं अस्पताल निर्देशकको पदस्थापना गराएका थिए । उनीहरुले मङ्गलबारदेखि कार्यभार सम्हालेको सहप्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: साउन १७ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend