Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नागरिकलाई निःशुल्क रगत दिँदै गाउँपालिका

हाम्रो कोशी आवाज
साउन १९ २०७९, बिहिबार
नागरिकलाई निःशुल्क रगत दिँदै गाउँपालिका

बिर्तामोडः नेपाल रेडक्रस सोसाइटी झापासंग समन्वय गर्दै बाह्रदशी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।
विगत चार वर्षदेखि पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०७९–०८० मा समेत सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको हो । जसका लागि नेपाल रेडक्रस सोसाइटी झापासँग सम्झौता भएको नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य तथा प्रदेश १ का कोषाध्यक्ष ओमप्रकाश गौतमले जानकारी दिए । सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लगाई र रेडक्रसका तर्फबाट गौतमले हस्ताक्षर गरेका छन् ।
गाउँपालिकाभित्र रहेका नागरिकमध्ये कसैलाई रगत आबश्यक गरेको खण्डमा नेपाल रेडक्रस सोसाइटी झापाले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रबाट निःशुल्क रगत उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।
गत वर्षपनि पालिकाले सोही प्रकारको सम्झौता गर्दै गाउँपालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको थियो । जसबाट सबैभन्दा धेरै मृगौलाका रोगीले रगत धेरै प्रयोग गरेको बताइएको छ । गत वर्ष ३५० परिवारका चार सय जनाभन्दा बढी नागरिककले निःशुल्क रगत लिएको बताइएको छ ।
चालु आर्थिक वर्षका लागि समेत गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी झापालाई पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ । सोही रकमबाट बाह्रदशीवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो ।
योसँगै भद्रपुर नगरपालिकाले पनि आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको छ भने यसअघि झापा गाउँपालिका र मेचीनगर नगरपालिकाले समेत आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य गौतमले बताए ।

प्रकाशित मिति: साउन १९ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend