Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवासहित दुईजना समातिए

हाम्रो कोशी आवाज
साउन १९ २०७९, बिहिबार
धरानका युवासहित दुईजना समातिए

धरानः बहुविवाह मुद्दा र सवारी ज्यान मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा बहुविवाह मुद्दाका इटहरी उपमहानगरपालिका वडा नं. २ बस्ने ३६ वर्षीय सुशिल पोद्दार र सवारी ज्यान मुद्दाका धरान उपमहानगरपालिका वडा नं. २० देवीगाउँ बस्ने २८ वर्षीय रामशरण राई रहेका छन् ।
उनीहरुलाई १ नम्बर प्रहरी कार्यालय विराटनगर आरआइटीबाट खटीएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पोद्दारलाई बिहीबार र राईलाई गत १६ गते पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैलाई अदालतबाट कैद भुक्तानको लागि कारागार पठाइएको छ । प्रतिवादी शुसिल पोद्दार भएको बहुविवाह मुद्दामा सुनसरी जिल्ला अदालतको गत २०७७ असार १ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ५ महिना १० दिन कैद र १५ हजार जरिवाना भई लगत नं. ६३६ मा कैद तथा जरिवाना र प्रतिवादी रामशरण राई भएको सवारी ज्यान मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०७८ पुस २८ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ११ महिना ४ दिन कैद र दुई हजार जरिवाना भई लगत नं. १६३६ मा कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका फरार प्रतिवादी रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: साउन १९ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend