Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा तरुण दलद्वारा रक्तदान

हाम्रो कोशी आवाज
साउन २७ २०७९, शुक्रबार
धरानमा तरुण दलद्वारा रक्तदान

धरानः नेपाल तरुण दल धरान नगर कार्यसमितिले वडा नं. १७ स्थित रेल्वेचौकमा बृहत रक्तदान गरेको छ ।
शुक्रबार अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा तरुण दल नगर कार्य समितिले बृहत रक्तदानको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २ सय ५ (पिण्ट) जनाले रक्तदान गरेको तरुण दल धरानका सभापति नरसिंह राईले जानकारी दिए ।
सभापति राईले प्रदेश १ का ब्लड बैंकहरूमा रगतको चरम अभाव भइरहेका बेला तरुण दलले बिरामीको उपचारमा सहजताका लागि बृहत रक्तदान आयोजना गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले प्रदेश १ का ब्लड बैंकहरूमा रगतको चरम अभाव भइरहेको बेला तरुण दल धरान नगर कार्यसमितिले बृहत रक्तदानको आयोजना गरी ठूलो सहयोग पुर्याएको बताउँदै प्रशंसा गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, महासमिति सदस्य एवं निवर्तमान नगर प्रमुख तिलक राई, कांग्रेस जिल्ला सचिव माधव घिसिङ, कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, क्षेत्र नं. १ (क) र (ख) का सभापतिद्वय अनिल श्रेष्ठ र मुरारी भट्टराई, कांग्रेस धरान नगर सभापति श्याम पोख्रेल, महासमिति सदस्य ममता योञ्जन लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: साउन २७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend