Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा खानेपानीका लागि १० लाखको पाइप किनियो

हाम्रो कोशी आवाज
साउन ३० २०७९, सोमबार
धरानमा खानेपानीका लागि १० लाखको पाइप किनियो

धरानः धरानको खानेपानीको लागि १० लाख रुपैयाँको पाइप खरिद गरिएको छ ।
खाजा खर्चका लागि उठेको ३० लाखमध्येबाट १० लाख रुपैयाँको पाइप खरिद गरिएको प्रोजेक्ट म्यानेजर दत्तकुमार लिम्बूले जानकारी दिए । खाजाका लागि देशविदेश र धरानबासीले हालसम्म ३० लाख रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए । ‘हालसम्म खाजा खर्चका लागि मात्रै ३० लाख रुपैयाँ उठेछ, ५ लाख रुपैयाँ खाजामा खर्च गरिएको छ, १० लाख रुपैयाँले पाइप खरिद गरिएको छ ।’
सो पाइप निशाने, सर्दु र खर्दु खोलाको पानी सङ्कलन गरेर बनाइने करिब २ लाख लिटरको ट्याङ्कीबाट पानी तान्न प्रयोग गरिने उनले जानकारी दिए । सो पाइपबाट तानिएको पानी धरान–१६ स्थित गणेशमानचोक मुनि रहेको खानेपानी ट्याङ्कीमा झारिने उनले बताए ।
धरानका मेयर हर्कराज राई (साम्पाङ) को अभियानमा हालसम्म पाइप पनि सहयोग आइरहेको छ । मेयर साम्पाङले रकम नलिने र पाइप किनेर सहयोग गरिदिनुहोस् भनेर दाताहरुलाई भनेपछि उनीहरुले पाइप खरिद गर्दै धरानस्थित खानेपानी बोर्डको कार्यालय (पुरानो खानेपानी संस्थान) मा जम्मा हुँदै आएको छ ।
हालसम्म पाइप मात्रै लाखौंको आइसकेको मेयर साम्पाङले जानकारी दिए । ‘हालसम्म लाखौंको पाइप आइसकेको छ, त्यसको पनि हिसाब सार्वजनिक गर्नेछौं ।’ उनले भने । उनले पकुवा, निशाने र सर्दु खोलाबाट पानी तान्नका लागि पाइप आइरहेको जानकारी दिए ।

प्रकाशित मिति: साउन ३० २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend