विराटनगरः मोरङको सुन्दरहरैचामा आगोले जलेर एकजनाको ज्यान गएको छ।
बुधबार राति करिब १० बजे सुन्दरहरैचास्थित बेलेपुर भन्ने ठाउँमा बालकृष्ण गिरीको घरमा आगो लाग्दा उक्त घरमा रंग लगाउन आएका मजदुरको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार विद्युत सर्ट भएर लागेको आगोमा परि बेलबारी ११ का मजदुर कुमार श्रेष्ठको मृत्यु भएको हो।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।