सुनसरी सुनसरीको इटहरी उपमहानगरपालिका १७ स्थितमा चट्याङले लागि एकजना महिलाको मृत्यु भएको छ ।
घरनजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाइते भएकी स्थानीय २७ वर्षीया केसी ऋषिदेवलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएकोमा उनको उपचार हुन नसकी मृत्यु भएको प्रहरीले जनाएको छ ।