Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गायिका रचना रिमालले बनाइन् चारकोठे घर

हाम्रो कोशी आवाज
भाद्र ४ २०७९, शनिबार
गायिका रचना रिमालले बनाइन् चारकोठे घर

धरानः पछिल्लो समयकी उदियमान अनि व्यस्त गायिका रचना रिमालले झापामा चारकोठे पक्की घर ठड्याउँदै आफ्नो एउटा सपना पूरा भएको बताएकी छन् ।
सामाजिक सञ्जालमा नयाँ घरको आँगनमा आफू उभिएको तस्वीर सार्वजनिक गर्दै उनले सांगीतिक क्षेत्रबाटै कमाएको रकमले आफूले कल्पना नगरेको सपना पूरा गरेको उल्लेख गरेकी छन् ।
‘सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिएन । तर, हजुरहरू सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ’, उनले लेखेकी छन् ।
रचनाका अनुसार चन्द्रगढी झापामा पुरानो घर भएको ठाँउमा नै उनले चारकोठे पक्की घर बनाएकी हुन् । ‘बाबाममी यही घरमा बस्दै हुनुहुन्छ । माया, साथ, हौसला र आशीर्वाद दिनुहुने सबैमा नतमस्तक छु । सदैव यही क्षेत्रमा रही सत्कर्म गर्नेछु ’, रचनाले लेखेकी छन् ।

प्रकाशित मिति: भाद्र ४ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • वैज्ञानिकहरूको निष्कर्षः २०७२ को भूकम्पले पनि भोटेकोशी महाप्रलयको बित्यास

    धरानः नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिरुङमा गएको विनाशकारी बाढी र हिमपहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्...

    • १० घण्टा अगाडी
    • २ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend