Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा एम्बुलेन्सको ठक्करले मृत्यु

हाम्रो कोशी आवाज
भाद्र ५ २०७९, आइतबार
सुनसरीमा एम्बुलेन्सको ठक्करले मृत्यु

सुनसरीः सुनसरीमा एम्बुलेन्सको ठक्करले एकजनाको मृत्यु भएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शनिबार राति करिब ९ः३५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१झ ४६९ नम्बरको एम्बुलेन्सले बर्जु गाउँपालिका–१ स्थित वडा कार्यालयअगाडि को१९प १९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना थियो । मोटरसाइकल चालक बर्जु–६ का ३० वर्षीय उमेशकुमार चौधरीको कोशी अस्पताल विराटनगरमा करिब १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार बर्जु–१ का २३ वर्षीय प्रमोद सरदार गम्भीर घाइते भएका छन् । एम्बुलेन्स र चालक सुनसरीको इनरुवा नगरपालिका–१ का ४५ वर्षीय अर्जुन कुर्मी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend