Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको प्राइम भिजनका विद्यार्थी पाँचतारे होटल मेची क्राउनको भ्रमणमा

हाम्रो कोशी आवाज
भाद्र ५ २०७९, आइतबार
धरानको प्राइम भिजनका विद्यार्थी पाँचतारे होटल मेची क्राउनको भ्रमणमा

धरानः होटल म्यानेजमेन्ट अध्यापनको क्षेत्रमा पूर्वी नेपालमा नाम कमाएको धरानमा रहेको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा–११ का विद्यार्थीलाई ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको छ ।
पाँचतारे होटलहरुको सञ्चालन प्रक्रिया सम्बन्धी विद्यार्थीलाई स्थलगतरुपमा अवलोकनसहित झापामा रहेको होटल मेची क्राउनमा ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको हो ।
एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय संयुक्तरुपमा अध्ययनका लागि आएका विद्यार्थीलाई होटल मेची क्राउनका एचआर मेनेजर समिर संग्रौलाले होटल क्षेत्रमा आफूले भोगेका तितामिठा अनुभवका बारेमा जानकारी गराएका थिए । साथै संग्रौलाले विद्यार्थीहरुलाई होटल भिजिट समेत गराएका थिए ।
कलेज र कोर्षका विषयमा कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई एलसीसीआईले तयार पारेको होटल म्यानेजमेन्टसम्बन्धी पाठ्यपुस्तक, ब्याग तथा होटल म्यानेजमेन्टका प्रयोगात्मक शिक्षामा प्रयोग हुने सामाग्रीहरु समेत उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति: भाद्र ५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend