Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पुस्तामाझ लोकप्रिय सुशान्त केसीको कन्सर्ट हुँदै

हाम्रो कोशी आवाज
भाद्र ६ २०७९, सोमबार
पुस्तामाझ लोकप्रिय सुशान्त केसीको कन्सर्ट हुँदै

धरान: आउँदो भदौ ८ गते बुधबार युवापुस्ता माझ लोकप्रिय गायक सुशान्त केसी पहिलोपल्ट बिराटनगरमा सांगीतिक कार्यक्रमको शिलशिलामा आउँदैछन्।
८ महिना अगाडी बिराटनगरको एयरपोर्ट मोडमा खुलेको तृष्णा द कार्भिङ्ग एण्ड टेल्स रेस्टुरेन्टमा आयोजना हुने कार्यक्रमको लागि गायक सुशान्त आफ्नो सांगीतिक टोलिका साथ आउनेछन्।
गायक सुशान्तको रिसाउने भए, आमा, साथी, सताएर, बेहोस, गुलाबी, फोनको नम्बर लगायतका गीतहरु लोकप्रिय छन्। स्थानीय गायक सुभम न्यौपाने र डीजे केडीको समेत प्रस्तुति रहने कार्यक्रमको इभेन्ट म्यानेजमेन्ट भाइरल इभेन्टको रहेको छ। कार्यकमको टिकट दर प्रिसेल रु १००० र गेटसेल रु. १५०० रहेको छ।

प्रकाशित मिति: भाद्र ६ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend