Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अनाधिकृतरुपमा अनलाइन खेल खेलाउने समातिए

हाम्रो कोशी आवाज
भाद्र ६ २०७९, सोमबार
अनाधिकृतरुपमा अनलाइन खेल खेलाउने समातिए

बिर्तामोडः अनलाइन खेलमार्फत् नेपालमा प्रतिबन्धित वान एक्स वेट एप्लिकेसन द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र खेल खेलाउने दमकको एक कल्सल्टेन्सी सञ्चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।
पक्राउ पर्नेहरुमा दमक–८ मा रहेको पदमा इन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक स्थानीय २५ वर्षीय शतप्रकाश साह र दमक नगरपालिका–७ का २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउँपालिका–२ का ३० वर्षीय अरुण कार्की तथा ब्रिटिस आर्मी ट्रेनिङ सेन्टरका सञ्चालक दमक–८ का ३३ वर्षीय राजु लिम्बू रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
पक्राउ परेको यो समूहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनाधिकृतरुपमा अनलाइन खेल खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
खेल खेलाउन अनाधिकृतरुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसिएल सीम झिकेर सोही सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवाश्यक पर्ने इ सेवा खाता खोली लाखौंको कारोबार गर्ने तथा कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसइईको प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
सीमहरु २७९ थान र प्रयोग नभएका ४५ थान, १९ थान मोवायल, ल्यापटप ४ थान, विभिन्न प्रकारका स्ट्याम्प थान, नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्ड लेखिएको स्ट्याम्प १ थान बरामद गरेको छ । पक्राउ परेको यो समूहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ६ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend