Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशीको भंगालोमा फँस्दा विद्यार्थीको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र ९ २०७९, बिहिबार
कोशीको भंगालोमा फँस्दा विद्यार्थीको मृत्यु

सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीको भङ्गालोमा डुबेर बालकको मृत्यु भएको छ ।
बुधबार दिउँसो पौने २ बजे सरस्वती मावि राजाबासमा कक्षा–६ मा अध्ययनरत बराहक्षेत्र–९ राजाबासका राजकुमार माझीको १२ वर्षीय छोरा अमर माझी विद्यालयमा टिफिनको समयमा सप्तकोशी नदीको भंगालोमा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा स्थानीयले फेला पारेको र उद्दार गरी उपचारको लागि नगर अस्पताल चक्रघट्टी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ९ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend