Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी इन्दु तोदीसहित दुईजनालाई सम्मान

हाम्रो कोशी आवाज
भाद्र ११ २०७९, शनिबार
धरानकी इन्दु तोदीसहित दुईजनालाई सम्मान

विराटनगरः लघुकथा समाजले लघुकथाको विकास र विस्तारमा पुरयाएको योगदानस्वरुप धरान सुनसरीकी इन्दु तोदी र सप्तरीका मनोहर पोखरेललाई सम्मान गरेको छ ।
लघुकथा समाज नेपाल प्रदेश १ द्वारा विराटनगरमा आयोजत १४ औं लघुकथा दिवसको अवसरमा उनीँहरुलाई सम्मानित गरिएको हो । बिरामी भएकाले अनुपस्थित रहेकी मोरङकी विष्णु भण्डारी आचार्यलाई आगामी कार्यक्रमको अवसर पारेर सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
व्यापारमा प्रख्यात मारवाडी समुदायमा जन्मिएकी साहित्यिक प्रतिभा इन्दु तोदी पहिलो मारवाडी महिला लघुकथाकार हुन् ।। नेपाल अग्रवाल महिला मञ्च, धरानकी अध्यक्ष रहेएकी तोदी नेपाली लघुकथामार्फत् नारीभित्रको पीडा र अनुभूतिहरूलाई खोतल्न सिपालु छिन् ।
सप्तरीको राजविराजमा जन्मिएका पोखरेल सगरमाथा साहित्य परिषद्का अध्यक्ष र लघुकथा पाठ्य श्रव्य दृष्य प्रतिष्ष्ठानका व्यवस्थापक छन् । सप्तरीको साहित्यको रथ हाँक्दै पछाडि पारिएका महिला, दलित र निमुखा वर्गलाई साहित्यमा अटाउने गरेका पोखरेलका लघुकथामा तराई मधेस र मैथिली भाषाको सुभाष समेत पाइन्छ ।
यस्तै धनकुटाको चौबिसे गाउँपालिकामा जन्मिएकी आचार्य बेलबारी–८ मोरङमा शिक्षण पेशा गछिन् । कविता, लघुकथा, कथा लेखनमा रुची राख्ने उनी पछिल्लो समयमा चोटिला लघुकथा लेखिरहेकी छिन् ।

नगदसहित सम्मानपत्र प्रदान गर्दै नेपाली साहित्य र रङ्गकर्मका साधक, सडक नाटकको जन्मदाता, नाटककार अशेष मल्लले लघुकथा छोटो संरचनाभित्र आफैंमा एउटा पूर्णकथा भएको बताए । आफ्नो भाषा, सँस्कृतिलाई बिर्सिदै गए भाषा नबाँच्ने भन्दै साहित्यमा अथाह शक्ति रहेको मल्लले बताए ।
आफू जे मा लाग्यो त्यही ठूलो भन्ने प्रवृत्ति गलत रहेको भन्दै उनले साहित्य र कलाको माध्यम एउटै भएको बताए । सृजनाको प्रशस्त सम्भावना रहेको र प्राकृतिक सम्पदा, भाषा, संस्कृतिको धनी नेपालीले आत्मग्लानी नगरेर सृजनालाई कलाको रुपमा परिणत गर्न मल्लले आग्रह गर्नुभयो । शब्द, चित्र, क्यामेरामार्फत् बालबालिकाले सीपलाई तिखार्दै जानुपर्नेमा मल्लले जोड दिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ विवश पोखरेलले लघुकथामा पनि जीवन प्रतिबिम्बित हुने भएकोले यसका विषयवस्तु प्रभावकारी हुने र सन्देश जीवन्त हुने गरेको बताए । नवसर्जकहरुलाई मनले छोएका कुराहरु टिपी हाल्न र समय मिलाएर सृजनामा लाग्न उनले आग्रह गरे ।
लघुकथा समाज नेपालका अध्यक्ष एवम् वरिष्ठ आख्यानकार श्रीओम श्रेष्ठ रोदनले प्रविधिको विकासले जति सहज बनाएको छ त्यति नै भावनात्मक रुपमा समाज, परिवार जटिल बन्दै गएको बताए । अहिले धेरै समय लगाएर पढने फुर्सद नभएकाले समयको माँग अनुसार लघुकथा लोकप्रिय बन्दै गएको उनले बताए । उत्सुकता जागृत गराइ राख्ने, समापन अत्यन्त प्रभावकारी र पाठकका मनमा लामो समयसम्म अनौठो तरङ्ग सिर्जना गर्ने खुबीका कारण लघुकथाले सूचना, ज्ञान र मनोरञ्जन एकसाथ दिने श्रेष्ठले बताए ।
लघुकथा समाज प्रदेश १ की अध्यक्ष ममता मृदुलको अध्यक्षता र सचिव परशुराम घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा लघुकथा लेखन अभ्यासमा उत्कृष्ट लघुकथा लेख्नुहुने १० बिद्यालयका १० विद्यार्थीलाई समेत उपहार प्रदान गरिएको छ ।
कार्यक्रममा स्वर्गीय हेमलता उप्रेतीको नारी स्रष्टा समाजद्वारा हालै प्रकाशित लघुकथा संग्रह एउटा प्रश्नको परिचर्चा गरिएको थियो । कार्यक्रममा साहित्यकार शोभा लामा, रमेन्द्र कोइराला, निरज कोइरालालगायतकाले मन्तव्य राखे ।

प्रकाशित मिति: भाद्र ११ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend