Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जीबब अर्थात सुदीप र अस्मिता अधिकारीको कन्सर्टको तयारी

हाम्रो कोशी आवाज
भाद्र १२ २०७९, आइतबार
धरानमा जीबब अर्थात सुदीप र अस्मिता अधिकारीको कन्सर्टको तयारी

धरानः अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले आयोजना गरेको ‘रयाप ब्याटल ’ बाट एक्कासी चर्चामा आएका जी बब नामले लोकप्रिय बनेका रयापर सुदीप भण्डारी पहिलोपल्ट धरानमा आगामी भदौ २५ गते शनिबार आयोजना हुने ‘टूबोर्ग फुल भोल्युम कन्सर्ट’ को लागि आउने भएका छन् ।
फुल भोल्युम कन्सर्टमा जी बबसँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले पनि आफ्नो गीतहरु प्रस्तुत गर्नेछिन् भने चर्चित रयापरहरु प्लस डिभाइड र सिरुपातेसँगै धरानको चर्चित डीजे डबल बी र डीजे नभसनले डीजेइङ समेत प्रस्तुत गर्नेछन् ।
‘मिलेन लेभल तेरो’ बोलको बहुचर्चित गीतसँगै फाइनल्ली भेटियो, कलाको म धनी, भाग न भाग, कलाकार, सिधा कुरा मेरो लगायतका युवाहरुमाझ लोकप्रिय आफ्ना अन्य गीतहरु प्रस्तुत गर्नेछन् । उनी पूर्वमा नै पहिलोपल्ट कन्सर्टका लागि धरान आउँदैछन् । त्यस्तै नेपाली फिल्म तथा आधुनिक पप गीतहरुमा एकदमै रुचाएकी गायिका अस्मिता अधिकारीको ‘बाबरी रङ्गमा’ अहिले निक्कै नै लोकप्रिय तथा टिकटकमा समेत उत्तिकै भाइरल छ । उनको काफल कमल, टाढा भएपनि, लज्जावती झार, कोहोला त्यो, साली मन परर्यो, तिम्रो मायाले बाँधेर राख, रम रम मरौतीं लगायत गीतहरु पनि उत्तिकै चर्चित तथा लोकप्रिय छन् ।
त्यस्तै रयापर प्लस डिभाइडका शब्दको युद्ध, बाबु भित्र केही खास, आको म यहाँ, चाहिने भन्दा बढी, म जहिलेलगायतका गीतहरु र ¥यापर सिरुपातेका राजनीति, मस्त, नोबडी नोज, कालेभाइलगायतका गीतहरु युवाहरुमाझ निक्कै लोकप्रिय छन् ।
लामो समयपछि धरानमा आयोजना हुन लागेको भब्य कन्सर्टमा सबैखाले दर्शकहरुको मनोरन्जनका लागि रयाप र मेलोडीको सम्मिश्रण गरिएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । टुबोर्ग बियरको प्रस्तुति रहेको फुल भोल्युम कन्सर्टमा डिभाइन वाइन, रेड्ब्ल्यु इनर्जी ड्रिङकको सहप्रायोजन , केन्द्र मोसन पिक्चर्स, एसपी इभेन्ट्स युके , एनएचडीडी स्टुडियो, भीआइपी नेपाल अस्टे«लियाको विशेष सहयोग तथा महेन्द्र अक्वा , पेप्सी , धरान टि र पीएच शाइन स्याम्पूको सहयोग रहेको छ । कन्सर्टको लागि अग्रिम टिकट बुकिङको लागि तीन सय र र गेट टिकट लागि ५ सय रुपैयाँ राखिएको छ ।

प्रकाशित मिति: भाद्र १२ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend