Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यसअघि सिफारिस भएकालाई उम्मेदवार नबनाउन सर्कुलर

हाम्रो कोशी आवाज
भाद्र १३ २०७९, सोमबार
यसअघि सिफारिस भएकालाई उम्मेदवार नबनाउन सर्कुलर

विराटनगर: नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका व्यक्तिलाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहतका समितिलाई सर्कुलर गरेको छ ।
माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । ‘प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन,’ मातहतको कमिटिमा पठाएको सर्कुलरमा उल्लेख छ, ‘समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने छ र हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भइसक्नु भएका कमरेडहरुको नाम समानुपातिक उम्मेद्वारमा सिफारिस गर्न पाइने छैन ।’
सर्कुलरमा सबै उम्मेद्वारहरुको सिफारिस सम्बन्धीत समिति बैठकको मान्युट निर्णयसहित भदौ २० गतेभित्र प्रदेश कार्यालयमा पठाइसक्न पनि निर्देशन दिइएको छ । सो बैठकले एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला संयोजकले बैठकको संयोजन गर्ने र एक भन्दा बढी संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा संघीय निर्वाचन परिचालन समिति प्रमुखले बैठकको संयोजन गर्ने र जिल्लाले सहयोग गर्नुपर्ने निर्णय पनि गरेको छ । त्यस्ता बैठकले सम्बन्धीत संघीय निर्वाचन क्षेत्रमा रहेका पार्टी केन्द्रीय सदस्यहरु, प्रदेश पदाधिकारीहरु, सांसदहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, पार्टीका प्रदेश सदस्य, प्रद्येश निवाृचन परिचालन समितिका प्रमुख, संघीय र प्रदेश निर्वाचन क्षेत्रका इन्चार्ज र संयोजकहरुको संयुुक्त बैठकमा सर्वसम्मत भए एक जना र नभएमा बढीमा तीन जना प्रतिनिधिसभा उम्मेद्वारको नाम सिफारिस गर्नुपर्ने उल्लेख छ ।
यस्तै बैठकले झापा गौरादह नगरपालिकाका अध्यक्ष डण्डीराज घिमिरे, उपाध्यक्ष सुलोचना राजवंशी र सचिव शेरबहादुर कार्कीले दिएको राजीनामा स्वीकृत पनि गरेको छ । उक्त समितिको बैठक बहालवाला उपाध्यक्षको नेतृत्वमा बसी पदाधिकारीको चयन प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको छ । यस्तै ताप्लेजुङ जिल्लाका प्रदेश सदस्यहरुको कार्यविभाजनमा असन्तुष्टी जनाई उक्त जिम्मेवारीबाट राजीनामा बुझाउने विजय प्रकाश बनेम, लक्ष्मी आङछाङ्बो, ठाकुरसिंह लिम्बू र दावा छिरिङ शेर्पाको राजीनामा पनि स्वीकृत गरेको छ । उनीहरु प्रदेश सदस्यमा भने यथावत रहेको माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: भाद्र १३ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend