Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

९ वर्षीया छोरी लिएर महिला बेपत्ता

हाम्रो कोशी आवाज
भाद्र १३ २०७९, सोमबार
९ वर्षीया छोरी लिएर महिला बेपत्ता

विराटनगरः मोरङ केराबारी ८ शान्तिटोलकी एक महिला आफ्नी ९ वर्षीय छोरीसहित वेपत्ता भएकी छिन् ।
वेपत्ता हुनेमा २८ वर्षीय रिता चापागाईं फुयाल रहेकी छिन् । उनले आफ्नी ९ वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्न भनेर गत साउन ३ गते दिउँसो ३ बजेदेखि बेपत्ता भएकी हुन् ।
उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा उनका श्रीमान् सूर्यप्रसाद फुयालले निवेदन दिएका छन् । आफ्नी श्रीमती धरानदेखि काठमाडौं चल्ने मितेरी बसका स्टाफले बताए अनुसार साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि बसबाट ओर्लिएको जानकारीमा आएको बताएका छन् ।
लामो समय विदेशका काम गरेर फुयाल ६ महिना अगाडि स्वदेश फर्किएका थिए । यद्यपि आफन्त र नातागोता कसैसँग पनि उनी कहाँछिन् भन्ने जानकारी नभएको कारण खोजी गरिदिन अपिल गरेका छन् ।

प्रकाशित मिति: भाद्र १३ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend