धरानः धरान उपमहानगरपालिका–६ का २३ वर्षीय इशानबहादुर कार्कीको डुबेर मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङको केराबारी गाउँपालिका–६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुबेको अवस्थामा साथीहरुले फेला पारी उपचारको लागि आफन्तले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याएका थिए ।
प्रतिष्ठान ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सो घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।