सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित चतरा–झुम्का नहरमा नुहाउने क्रममा दुईजनाको डुबी मृत्यु भएको छ ।
नहरमा नुहाउने क्रममा बराहक्षेत्र–४ कि ३६ वर्षीया शोभा खडका र डिकबहादुर खड्काको १४ वर्षीया छोरी सलिना खड्का पानीमा डुबेर बेपत्ता भएकोमा शोभा खडकालाई अचेत अवस्थामा उद्दार गरी उपचारको लागि विजयपुर अस्पताल धरान लगिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको र पानीमा डुबी बेपत्ता भएकी सलिना खडकाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा ३०० मिटर टाढा नहरको पानीमा डुबी मृत अवस्थामा फेला परेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।