Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अनलाइनबाटै नक्सा पास गर्न शुरु

हाम्रो कोशी आवाज
भाद्र १७ २०७९, शुक्रबार
धरानमा अनलाइनबाटै नक्सा पास गर्न शुरु

धरानः धरान उपमहानगरपालिकाले अनलाइनबाटै नक्सा पास गर्न सुरू गरेको छ ।
कागतजातबिहीन उपमहानगरको अवधारणाअनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपिएस) कार्यान्वयनमा ल्याएसँगै अनलाइनबाटै नक्सापास शुरू गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
ईभीपिएस सफ्टवेयर प्रयोग गरी सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत नक्सा शाखामा पठाउन सक्नेछन् । यसपछि उपमहानगरले अनलाइनबाटै निवेदन स्वीकृत गर्नेछ ।
उपमेयर अइन्द्रविक्रम बेघाले छिटो–छरितो सेवा प्रवाहको साथै नगरबासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको जानकारी दिए ।
यो प्रणाली अनुसार घरनक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिने जस्ता सम्पूर्ण काम अनलाइनबाटै हुने भएको छ । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बहानाबाजीलाई निरूत्साहित गराउने उपमहानगरको विश्वास छ ।
धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकबाट भएको निर्णयअनुसार अबदेखि घरनक्सा पास अनलाइनबाटै हुने बताए ।
धरानमा पहिलो पटक धरान–११ निवासी देवराज पोखरेललाई डिजिटल घर नक्सा पासको प्रमाणपत्र धरान उपमहानगरपालिकाले वितरण गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र १७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend