Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा भ्यानको ठक्करले दुई प्रहरी हवल्दारको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र १८ २०७९, शनिबार
सुनसरीमा भ्यानको ठक्करले दुई प्रहरी हवल्दारको मृत्यु

सुनसरीः सुनसरीमा दुईजना प्रहरीको दुर्घटनामा ज्यान गएको छ ।
पिकअप भ्यानको ठक्करले मोटरसाइकलमा सवार दुईजना प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोशी गाउँपालिका–१ मा शनिबार दुर्घटना हुँदा सप्तकोशी नगरपालिका–३ सप्तरीका प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार छन् ।
सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा६०प ४४९२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को२च २६४९ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको हो ।
चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं १ मा कार्यरत थिए भने गोजेवार मोरङको धनपतिमा कार्यरत थिए ।
दुवैको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । ठक्कर दिने सवारीसाधनका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवै घाइतेलाई उपचारका लागि इनरुवा अस्पताल पठाइएको थियो । गोजेवारको जिल्ला अस्पताल इनरुवाका डाक्टरले मृत घोषित गरेका थिए । चौधरीको थप उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ ।

प्रकाशित मिति: भाद्र १८ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend