Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रेमीसँग छुटाएर किशोरीमाथि सामूहिक बलात्कार

हाम्रो कोशी आवाज
भाद्र १८ २०७९, शनिबार
प्रेमीसँग छुटाएर किशोरीमाथि सामूहिक बलात्कार

विराटनगरः जन्मदिन मनाएर फर्कंदै गरेकी एक किशोरी सामूहिक बलात्कारको शिकार बनेकी छिन् ।
विराटनगर महानगरपालिका–१८ की एक किशोरी बलात्कारमा परेकी हुन् । केटा साथीसँग गए राति करिब पौने १० बजे घर फर्किंदै गर्दा केटा साथीलाई नियन्त्रणमा लिएर उनी बलात्कारमा परेको प्रहरीले जनाएको छ ।
विराटनगर–१४ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । जतुवा नहरनजिकै ५ जनाको समूहले किशोरीमाथि सामूहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार नहरमा रोकेर केटा साथीलाई दुईजनाले समातेर अरु तीनजनाले बलात्कार गरेको भन्ने जानकारीमा आएको छ ।
मादक पदार्थ सेवन गरेर आएको त्यो समूहले किशोरी र उसको साथीलाई नियन्त्रणमा लिएर किशोरीमाथि बलात्कार गरेको खुल्न आएको उनले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिका ४ इक्राहीका २९ वर्षीय सन्तोष मण्डल पक्राउ परिसकेका छन् ।
प्रहरीका अनुसार ती किशोरी विराटनगरको एक होटेलमा जन्मदिन मनाएर आफ्नो प्रेमीसँग मोटरसाइकलमा बसेर फर्कंदै थिइन् । त्यो समूहले ‘एकैछिन काम छ’ भन्दै मोटरसाइकल रोकेका थिए । मोटरसाइकल रोकेपछि उनीहरुले युवालाई समात्दै किशोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । युवा समूहको नियन्त्रणबाट भाग्न सफल प्रेमीले गाउँमा होहल्ला गरेपछि सो समूह युवतीलाई छाडेर भागेको थियो ।

प्रकाशित मिति: भाद्र १८ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend