Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

करेन्ट लागेर दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र १९ २०७९, आइतबार
करेन्ट लागेर दुईजनाको मृत्यु

धरानः सुनसरी र खोटाङको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।
सुनसरीको दुहवी नगरपालिका–८ का ५० वर्षीय दीपक मगर भनिने चन्द्र थापामगर आफ्नै घरको छतमा छत सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भई उपचारको लागी टिचिङ अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का ३५ वर्षीय प्रकाश राईको पनी करेन्ट लागेर मृत्यु भएको छ । शनिबार बेलुका म्याखम खोला हाइड्रोपावरको पोलमा जम्पर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका राईको उपचारको क्रममा फेम्ली केयर अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र १९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend