Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अमनलाल मोदी मोरङ ४ मा सर्वसम्मतले सिफारिस

हाम्रो कोशी आवाज
भाद्र १९ २०७९, आइतबार
अमनलाल मोदी मोरङ ४ मा सर्वसम्मतले सिफारिस

विराटनगरः मोरङको क्षेत्र नम्बर चारमा प्रतिनिधि सभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ माओबादी केन्द्रले अमनलाल मोदीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
आइतबार बसेको निर्वाचन क्षेत्रीय समितिको बैठकले ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सर्वसम्मतरुपले एकलरुपमा उम्मेदवार सिफारिस गरेको हो । बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ भोगेन्द्र यादव, धर्मलाल माझी, सुनिता सरदार, डोल्मा राजवंशी र सोभित चौधरीको नाम सिफारिस गरेको छ ।
यसैगरी सोही क्षेत्रको प्रदेशसभाको क मा प्रत्यक्षतर्फ विजय विश्वास थारु, पप्पुलाल चौधरी र मनोज राईको नाम सिफारिस गरेको छ । यहाँ समामानुपातिकतर्फ केवल राई, सूर्यनारायण मुडियारी , ध्यानबहादुर वन, उमालाल मण्डल खवास, कुसन सरदार र झलक भगत सिपारिस भएका छन् ।
यस्तै मोरङ ४ खबाट प्रदेशसभामा प्रत्यक्षतर्फ हरिप्रसाद घिमिरे, ताजिम अन्सारी, किशोरकुमार पाण्डे र देव राजवंशी सिफारिस भएका छन् । समानुपातिकतर्फ यो क्षेत्रबाट सावित्रा अछामी, अन्जना पोखरेल, सावित्रा गौतम, मनकुमारी गिरी गुरागाई, बिन्दी मिश्र, ज्ञानबहादुर कार्की, आमो पौडेल, अशोक शर्मा, तुलसी आपागाई, पन्चु चौधरी, सरस्वती ओझा र इन्द्रकला भट्टराई सिफारिस भएका छन् ।

प्रकाशित मिति: भाद्र १९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend