सुनसरीः सुनसरीको दुहवी नगरपालिका–७ भलुवा चोकमा शनिबार सिटी सफारीले ठक्कर दिँदा स्थानीय ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र०१–०२००२ ह ८४९८ नम्बरको सिटी सफारीले बाटो क्रस गर्दै गरेकी स्थानीय महेन्द्र पासवानको ५ वर्षीया छोरी आषिकाकुमारी ऋषिदेवलाई ठक्कर दिँदा घाइते भएकी बालिकाको उपचारको क्रममा विराट नर्सिंङ होम विराटनगरमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।