बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बाट अवैध औषधिसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संखुवासभाको धर्मदेवी नगरपालिका–८ घर भई बराहक्षेत्र नगरपालिका–२ मा बस्दै आएका २९ वर्षीय सुरज गुरुङ र निजको श्रीमती २४ वर्षीया पूर्णिमा गुरुङले नियन्त्रित औषधि आफ्नै कोठामा लुकाइछिपाइ राखेको भन्ने सूचना आधारमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई कोठाबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट प्रहरीले स्पासेन–९४० ट्याब्लेट र ट्रमाडोल–९१० ट्याब्लेट बरामद गरेको छ । अवैध औषधिसहित पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।