Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा साबुन उद्योग खोल्ने प्रक्रिया अघि बढ्यो

हाम्रो कोशी आवाज
भाद्र २४ २०७९, शुक्रबार
धरानमा साबुन उद्योग खोल्ने प्रक्रिया अघि बढ्यो

धरानः धरानमा साबुन उद्योग खोल्ने प्रक्रिया अघि बढेको छ ।
कार्यपालिका बैठकले समेत धरान–२० देवीगाउँमा साबुन उद्योग खोल्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकमा सो निर्णय भएको हो ।
अब देवीगाउँ (सर्दु खोला पारिको क्षेत्र) उत्तरतर्फ विष्णुपादुका मार्ग, दक्षिणतर्फ सामुदायिक वन, पूर्वतर्फ सर्दु खोला र पश्चिमतर्फ देवी गाउँ सीमानाभित्र पर्ने स्थानलाई औद्योगिक ग्रामकोरुपमा विकास गर्ने प्रक्रिया अघि बढ्ने भएको छ ।
साबुन उद्योग बनाउने भनेर मेयर साम्पाङ लागिपरेका थिए । उनले सो ठाउँको जग्गा अवलोकनका लागि पुगेका पुगेका मेयर साम्पाङले सामुदायिक वन क्षेत्रमा जग्गा पर्ने र वनले कानुनी झमेला खडा गरेपछि उनले सो प्रस्ताव कार्यपालिका बैठकमा ल्याएका थिए । उनले कार्यपालिका बैठकमा उपस्थित वडाध्यक्षहरुलाई कानुनी झमेलाबारे सुनाएका थिए । उपस्थिति सबैले कानुनी प्रक्रिया अघि बढाउनेबारे निर्णयमा गडगडाहट तालीले स्वागत गरेका थिए ।
सो क्षेत्रमा वनको जग्गा परेपछि कानुनी अड्चन आएको र त्यसलाई सुल्झाउन अब सबै लागिपर्ने मेयर साम्पाङले बताए । ‘यसअघि नै वनका पदाधिकारीलाई बोलाएर सातदिनको स्पष्टीकरण सोधिएको छ’, उनले भने, ‘अब जग्गा प्राप्तिका लागि वन समूह, वन कार्यालयमा प्रक्रिया अघि बढाउन पत्राचार गरिनेछ ।’
मेयर साम्पाङले त्यहाँ साबुन, बेसार र कपासलगायतको उद्योग स्थापना गर्ने योजना रहेको बताएका छन् । मेयर साम्पाङले सो क्षेत्रमा उद्योग खोल्ने सपना बुनेर अघि बढिरहेको समयमा सामुदायिक वन क्षेत्रले भाँजो हाल्दै आएको बताएका छन् ।
वार्षिक ३ देखि ५ करोडको साबुन खपत हुने गरेको तथ्याङ्क आफूसँग रहेको मेयर साम्पाङ बताउँछन् । ‘त्यो रकम विराटनगर, वीरगञ्जसम्म पुगेको छ’, उनले थपे, ‘जुन फ्याक्ट्री बन्छ, त्यो एक्लो हर्क साम्पाङको होइन, सम्पूर्ण धरानबासीको हो, उपमहानगरपालिकाले नै उत्पादन थाल्ने हो भने राजश्व वृद्धि हुन्छ, रोजगारी पनि सिर्जना हुन्छ ।’ धरान-१५ का वडाध्यक्ष नरेश इवारमले धरानमा उद्योग स्थापना हुनु अत्यन्तै खुशीको कुरा भएको बताउँदै कानुनी अड्चन नआउनेगरीको प्रक्रिया पूरा गर्न सबै लाग्नुपर्ने बताए ।

प्रकाशित मिति: भाद्र २४ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend