धरानः प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित धरानका तीनजना पक्राउ परेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान–१५ का ३२ वर्षीय निश्चल बुढाथोकीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी झापाको मेचीनगर नगरपालिका –६ स्थितमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका धरान–१६ सुनसरीका ३७ वर्षीय युसुफ सुब्वा र २७ वर्षीय थोमस राईलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।