Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्व. अमरबहादुरले संकलन गरेको सुतार कार्कीको वंशावली पुस्तक सार्वजनिक

हाम्रो कोशी आवाज
भाद्र २७ २०७९, सोमबार
स्व. अमरबहादुरले संकलन गरेको सुतार कार्कीको वंशावली पुस्तक सार्वजनिक

धरानः भोजपुरको तत्कालीन वासिङ थर्पू गाउँपञ्चायतका पूर्व प्रधानपञ्च स्व. अमरबहादुर कार्कीको वार्षिक पुण्यतिथिको अवसरमा उनले संकलन गरेको सुतार कार्की वंश वृक्ष पुस्तक उनका परिवारले प्रकाशन गरेका छन् ।
२०७८ साल असोज ३ गते निधन भएका स्व. अमरबहादुरको सम्झनामा उनको परिवारले स्थापना गरेको अमर फाण्डेशन नेपालले सुतार कार्र्की बन्धुको वंशावली तथा स्व. अमरबहादुर कार्कीको स्मृति पुस्तक प्रकाशन गरिएको हो । सो पुस्तक गत शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ ।
सो पुस्तक सुतार कार्र्की अभिभावक वयावृद्धा लक्ष्मीमाया कार्की, पञ्चकन्या मावि आमचोक(१ का पूर्व प्रधानाध्यापक पुन्यप्रसाद पराजुली, सुतार कार्की सेवा समिति उदयपुरका अध्यक्ष काशी कार्की, सप्तरीका अध्यक्ष गोविन्द कार्की, आमचोक गापका पूर्व उपप्रधानपञ्च पशुपति कार्की, उनका धर्मपत्नीहरु बसन्तदेवी कार्की, रामकुमारी कार्कीलगायत उनका परिवारले सयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
२७० पृष्ठको पुस्तकमा स्व. अमरबहादुर कार्कीले ७ बर्ष लगाएर प्रदेश १ तथा आसपासका जिल्लामा बसोवास गर्ने सुतार कार्कीको पुस्तावली समावेश गरिएको छ । पुस्तकका स्व. अमरबहादुरको जीवनी, उनका विषयमा विशिष्ठ व्यक्तिहरुले लेखेका लेखहरु समावेश गरिएको पुस्तकका सम्पादक देवेन्द्र कार्कीले बताए । पुस्तकमा सुतार कार्र्की कुलपूजा विधि, गोठधुप पूजा विधि, सुतार कार्कीको इतिहास, वंश परमपरा र जातिका विषयबस्तुहरु समेटिएका छन् ।
वार्षिक तिथिमा पुरान लगाउने र फजुल खर्च नगरेर त्यो खर्च गर्ने पैसाले गरिव असहायहरुलाई सहयोग गर्ने योजना बनाएर स्व. पिताको नाममा संस्था खोली सामाजिक काम गर्ने उनले बताए । पुस्तकका संरक्षक विश्वराम कार्र्कीले स्व. पिताको नाममा ट्रष्ट स्थापना गरेर उनले पढेको विद्यालय र पढाएको विद्यालय तथा असाहाय व्यक्तिहरुलाई सहयोग गर्ने बताए । पुस्तक प्रकाशन पहिलो प्रयास र ऐतिहासिक काम भएको बताउँदैं यस वंशावलीलाई थप पस्किृति र पूूर्ण बनाउन सुतार कार्की सेवा समितिसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।
कार्यक्रममा स्व. अमरबहादुरका भाई तिर्थराज कार्की, सँगै एउटै विद्यालय अध्ययन गरेका पुन्यप्रसाद पराजुली, पशुपति कार्कीले स्व. अमरबहादुर कार्कीको देन, भोजपुरको आमचोक क्षेत्रमा उनले गरेको योगदान र गतिविधीबारे चर्चा गदैं उनको जीवनी स्मरण गराए । हालको पञ्चकन्या माध्यमिक विद्यालयका तत्कालिन शिक्षक, गाउँ पञ्चायत प्रमुख जिल्ला सदस्य भई सक्रिय सामाजिक अभियान्ता कार्कीको २०७८ असोज ३ गते निधन भएको थियो । उनले लामो समय लगाएर सुतारहरुको वशावली सकलन गरेका थिए । वंशावलीसँगै उनका विषयमा स्मृति लेखहरु पुस्तकमा समेटिएका छन् ।

प्रकाशित मिति: भाद्र २७ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend