Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जसले धरान रंगशालाको झाडी फाँडे

हाम्रो कोशी आवाज
भाद्र २७ २०७९, सोमबार
जसले धरान रंगशालाको झाडी फाँडे

धरानः यही असोज २८ गतेदेखि पोखरामा हुन लागेको ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ का खेलाडी छनौट प्रतियोगितास्थल धरान रंगशाला कवर्डहल मर्मत सम्भार शुरु भएको छ ।
प्रदेश १ खेलकुद बोर्ड, धरान-१६ र १८ नं वडा कार्यालयको सहयोगमा मर्मत सम्भार शुरु भएको हो । कवर्डहलको केही थान छानो उज्यालोको लागि ट्रान्सपरेन्ट लगाइने, चेन्जिङ रुम, बाथरुम र हलको झ्याल मर्मत गरिनेछ साथै फ्लोर रंगाइने भएको छ । हलमा बढी टिनको मात्र प्रयोग भएको कारण ज्यादा गर्मी हुने भएकोले हलको दायाँबायाँको माथिल्लो भागमा केही भाग खोलिने सुनसरी खेलुकुद विकास समितिका अध्यक्ष दीपक राईले जानकारी दिए ।
धरानमा मात्र ६ खेलको प्रदेश १ खेलाडी छनौट प्रतियोगिता हुँदैछ, त्यसमध्ये बास्केटवल महिला पुरुष, कराँते र जुडो खेल धरान-१६ मा रहेको धरान रंगशाला परिसरमा रहेको कवर्डहलमा हुँदैछ । बाँकी खेल बक्सिङ, बुद्धिचाल र साइक्लिङ धरानको अन्य खेल स्थलमा हुनेछ ।
प्रदेश १ खेलकुद बोर्ड सदस्य सचिव हंसराज वाग्ले, सदस्य रोशनी राई, सुनसरी खेलकुद विकास समिति अध्यक्ष दीपक राई, १६ न. वडाध्यक्ष मुरारी भट्टराई र १८ न. वडाध्यक्ष प्रविण राई, कराँते संघ सुनसरी अध्यक्ष कुवेर राई, बक्सिङ संघ सुनसरी अध्यक्ष विकास गुभाजु, प्रदेश १ बास्केटबल प्रशिक्षक विकाश चाम्लिङ राईलगायतले धरान रंगशाला कवर्डहलको अवलोकन गरेका थिए ।
यसैबीच लायन्स क्लब अफ हेल्पिङ ह्याण्ड धरानले कवर्डहल परिसरमा सहरसफाइको काम गरेका छन् । क्लबले सुनसरी बास्केटवल संघ, धरान बास्केटबल संघ र जुडो संघ सुनसरीसँग सहकार्य गरेर सरसफाइ कार्य गरेका हुन् ।

प्रकाशित मिति: भाद्र २७ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend