Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेयर साम्पाङले ‘ठेलागाडावाली’ लाई तलब रकम भोलि पठाइदिने

हाम्रो कोशी आवाज
असोज २९ २०७९, शनिबार
मेयर साम्पाङले ‘ठेलागाडावाली’ लाई तलब रकम भोलि पठाइदिने

धरानः धरानका मेयर हर्क साम्पाङ राईले काठमाडौंको फुटपाथमा ठेलागाडामा व्यापार गर्दै आएकी महिलालाई एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा समेत एक महिनाको तलब पठाइदिने बताएका छन् । उनले आइतबार नै आफूले दिएको बचन पूरा गर्दै तलब पठाइदिने बताएका छन् । ‘ती महिला एकदमै रोएको देखें’, उनले भने, ‘म कस्तो छु भनें म भावुक हुन्छु, एकचोटी बोल्दाबोल्दै पनि रोएँ त, भिडियो हेरेपछि मन छोयो, त्यही भएर सो निर्णयमा पुगें ।’
उनले आफूले जस्तै अरुले पनि सहयोग गरिदिए ती महिलाको आफैं आत्मनिर्भर बन्न सक्ने देखेको समेत बताए ।
उनले थपे, ‘मैले एक महिनाको दिन्छु अरुले पनि एक एक महिनाको दियो भने त्यो बैनी आफैं सेटल हुनसक्छिन् भन्ने मैले सोंचेको छु, मैले फोन नम्बर पाइसकेको छु, भोलि नै पठाइदिन्छु ।’
काठमाडौं महानगरले फुटपाथमा व्यापार गर्नेलाई सूचना दिएर हट्न भन्दै आएको छ र नहट्नेलाई कारबाही गर्दै आएको छ ।

प्रकाशित मिति: असोज २९ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend