Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा मतपत्र ढुवानी

हाम्रो कोशी आवाज
असोज ३० २०७९, आइतबार
प्रदेश १ मा मतपत्र ढुवानी

धरानः निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको छपाइ भएको मतपत्र प्रदेश नं १ र मधेस प्रदेशबाट ढुवानी सुरु गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा उक्त मतपत्र ढुवानी भएको निर्वाचन आयोगले जनाएको छ ।
उक्त प्रणालीका लागि कूल चार करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको थियो ।
प्रतिनिधि सभातर्फको समानुपातिक प्रणालीका लागि दुई करोड चार लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको भने सातवटै प्रदेशका लागि समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।
पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आजसम्ममा १७ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: असोज ३० २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend