Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गोली प्रहार गरी भागेका वीरेन खोला किनारमा मृत फेला

हाम्रो कोशी आवाज
कार्तिक २ २०७९, बुधबार
गोली प्रहार गरी भागेका वीरेन खोला किनारमा मृत फेला

बिर्तामोडः घरायसी विवाद बढ्दै जाँदा एक व्यक्तिले गोली हानेर आत्महत्या गरेका छन् ।
झापाको गौरादहमा भतिजलाई गोली प्रहार गरी घाइते बनाएपछि आफैलाई गोली हानेर गौरादह–८ जेरेपानीका ३५ वर्षीय वीरेन शाहले आफैंमाथि गोली हानेर आत्महत्या गरेका हुन् ।
उनले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।
मंगलबार साँझ ७ बजे वीरेनले सामान्य घरायसी विवादको क्रममा उनका दाई उमेश साहका छोरा भतिज पर्ने १५ वर्षीय हेमराज साहलाई आफ्नै घर अगाडि सानो चाइनिज (होम मेड पेस्तोल) ले गोली प्रहार गरी घाइते बनाएका थिए । वीरेनले उनका भतिज १५ वर्षीय हेमराज साहलाई आफ्नै घर अगाडि चाइनिज पेस्तोलले गोली प्रहार गरेर भागेका थिए ।
घरदेखि १०० मिटर उत्तर पर्ने सुकुना खोला किनारमा कन्चटमा गोली लागेको अवस्थामा उनलाई मृत फेला पारेको डीएसपी पाठकले बताए । मृतक विरेन सशस्त्र प्रहरीबाट अवकाश प्राप्त कर्मचारी हुन् । प्रहरीले एक थान होम मेड पेस्तोल, दुई थान म्यागेजिन र १४ राउन्ड गोली समेत फेला परेको छ ।
हेमराजको ढाडमा गोली लागेको थियो । घाइते भएका उनलाई तत्काल उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएको र त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो ।

प्रकाशित मिति: कार्तिक २ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend