Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एकाबिहानै ताप्लेजुङमा ट्याक्टर दुर्घटना

हाम्रो कोशी आवाज
कार्तिक २ २०७९, बुधबार
एकाबिहानै ताप्लेजुङमा ट्याक्टर दुर्घटना

ताप्लेजुङः ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा जिल्लाको मैवाखोला गाउँपालिका – ५ फाकुम्बा–कम्साङका ३१ वर्षका पासाङ शेर्पा, २४ वर्षका फुर्वा शेर्पा, मैवाखोला गाउँपालिका ४ साँघु–ओदकका २२ वर्षका सर्मिला शेर्पा र १७ वर्षका लाकी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
तेल्लाबुङबाट मैवाखोला गाउँपालिका वडा नं ५ जाने क्रममा ५६५५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी गाडी साहु र चालक समेत रहेका मैवाखोला गाउँपालिका वडा नं ५ काम्साङ बस्ने ३१ वर्षीय पासाङ उनका सहोदर भाई २४ वर्षीय फुर्वा, मैवाखोला गाउँपालिका वडा नं ४ ओदक बस्ने पासाङ छेटु शेर्पाका छोरीद्वय १७ वर्षीया छोरी लाकी र २२ वर्षीया सर्मिला शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी कैलाश राईले जानकारी दिए । उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्रयाक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ ।
ट्रयाक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युतको सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुईजना समेत घरतर्फ फर्किने क्रममा ट्याक्टरमा सवार थिए ।
प्रहरीका अनुसार मैवाखोला गाउँपालिका ४ साँघुस्थित याम्फेवा खोला नजिक चाप्लिङ खोल्सामा राति करिब साढे १२ बजे ट्याक्टर दुर्घटना भएको हो । मैवाखोला गाउँपालिका –१ तेल्लाबुङबाट सोही पालिकाको वडा नम्बर ५ काम्साङतर्फ जाने क्रममा ट्याक्टर दुर्घटना भएको बताइएको छ ।

प्रकाशित मिति: कार्तिक २ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend