Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा दुई मोटरसाइकल ठोक्किए

हाम्रो कोशी आवाज
कार्तिक १२ २०७९, शनिबार
सुनसरीमा दुई मोटरसाइकल ठोक्किए

धरानः सुनसरीको इटहरी उपमहानगरपालिका-१० मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइले जानकारी दिए ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १२ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend