विराटनगर: छठ हेर्न गएका एक किशोरको छुरा प्रहारबाट मृत्यु भएको छ।
आइतबार उर्लाबारीस्थित मावा खोलामा छठ पर्व हेर्न गएका झापाको दमक नगरपालिका १० का १४ वर्षीय डियुज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट घाइते भएका डियुजको उर्लाबारीस्थित गोदावरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
अनुसन्धानका लागि डियुजसँगै गएका साथीलाई नियन्त्रणले लिएको छ। ‘भिडभाड भएकाले कसले छुरा हान्यो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन,’ उनले भने ,‘छुरा हान्नेको विभिन्न कोणबाट अनुसन्धान थालेका छौँ ।’