Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नायिका रेखा थापालाई भोट माग्दै जाँदा अविर र माला (भिडियोसहित)

हाम्रो कोशी आवाज
कार्तिक १८ २०७९, शुक्रबार
नायिका रेखा थापालाई भोट माग्दै जाँदा अविर र माला (भिडियोसहित)

विराटनगरः मोरङ ३ ले इतिहासमै पहिलोपटक महिला उम्मेदवार पाएको भन्दै पथरीशनिश्चरे ८ का माहिलाहरू उत्साहित भएका हुन् ।
चुनावी घरदैलो कार्यक्रमका क्रममा पथरीशनिश्चरे ८ स्थित मिलन चोकमा महिलाहरूको समूहले राप्रपाकी उम्मेदवार रेखा थापालाई स्वागत गरेका हुन् । यो क्षेत्र पहिलो पटक महिलाहरूको प्रतिनिधित्व गर्ने व्यक्ति पाएको आफूहरू उत्साहित रहेको उनीहरूले बताएका छन् ।
थापालाई फूलमाला र अविरसहित स्वागत गर्न आएकी मन्जरा कार्कीले भनिन् ‘यो क्षेत्रमा एउटा महिला प्रतिनिधि भएर कोही पनि आएको थिएन । पहिलो पटक आफ्नो प्रतिनिधि पाएको अनुभूति भएर स्वागत गर्न गएकी हुँ । पहिले पर्दामा मात्रै देखिएको थियो आज आफैँ हाम्रो ठाउँमा आउनु भएको छ । हामी उहाँलाई जिताउने अभियानमा लागेका छौँ ।’

त्यस्तै स्वागत गर्न आएकी अर्की महिला दुर्गा पोखरेल भन्छिन् ’हामी महिलाहरू धेरै नै उत्पीडनमा परेका छौँ । पुरुष प्रतिनिधि आउँदा हामी हाम्रो समस्या सुनाउन पनि सक्दैनौँ । महिला नै प्रतिनिधि हुँदा आत्मीयताको महसुस गरेर उहाँलाई स्वागत गरेका हौँ ।’
थापाले महिलालाई तालिम दिने र क्षमता अनुसारको सिप सिकाउने प्रतिबद्धता जनाउँदै आएकी छन् । उनको यो अभियानले आफूलाई राहत मिलेको मन्जरा बताउँछिन् । ’एक त हामी महिलाहरूलाई चुल्हो र घर धन्दाबाटै फुर्सद हुँदैन । त्यसमा पनि हाम्रा पढेलेखेकै दिदी बहिनीहरू पनि काम बिना त्यसै बस्न बाध्य छन् । अवसर सिर्जना गराइदिने जनप्रतिनिधि भइदिए हामी पनि आर्थिक रूपमा परिवारलाई सहयोग गर्न सक्छौँ ।’
चलचित्र जगतबाट ख्याति कमाएकी थापालाई मोरङ ३ मा महिलाहरूले दरिलो साथ दिँदै आएकी छन् ।

प्रकाशित मिति: कार्तिक १८ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा सडकको डिभाइभरमा मोटरसाइकल ठोक्किँदा अनिल राईको मृत्यु

    धरानः इटहरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बनेका छन् । पानी परिरहेको समयमा चिप्लिएर सडकको डिभाइडरमा...

    • १० मिनेट अगाडी
    • १ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १२ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १६ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १६ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend