धरानः सुनसरी जिल्लामा मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अवधिभर रोक लगाइएको सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी सूचनामा जनाइएको छ ।
निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्मका लागि कार्तिक २० गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि सुनसरी जिल्लाभर मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवन कार्य निषेध गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २० गतेदेखि नै रोक लगाइएको हो ।
