Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘बा को फोटो’ लोकार्पण

हाम्रो कोशी आवाज
कार्तिक २५ २०७९, शुक्रबार
‘बा को फोटो’ लोकार्पण

सुनसरीः सुनसरीको इटहरीमा शुक्रबार लघुकथा सङ्ग्रह बा को फोटो लोकार्पण भएको छ ।
विश्लेषक एवम् लघुकथाकार निरज कोइरालाको बा को फोटोको लोकार्पण प्रा. डा. टङ्क न्यौपानेले गरे । विश्व आदर्श कलेजमा अच्छा राई रसिक प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण कार्यक्रममा डा. रमेश घिमिरे, डा. तारा निरौला, इटहरी कला साहित्य उत्थान समूह अध्यक्ष कृष्णविनोद लम्साल, झोराहाट नाट्य समूह अध्यक्ष भरत गुरागाइँ बर्बरिक, शिक्षक एवम् साहित्यकार रमेन्द्र कोइराला, विनोद विवशले शुभकामना व्यक्त गरे । रचनाको विश्लेषण वरिष्ठ लघुकथाकार डा. खेमराज खनाल र अग्रज लघुकथाकार सरन राईले गरे ।
विश्लेषक डा. खनालले समाजको विविध क्षेत्र समेटिएको बा को फोटोले भाषा, संस्कृति, प्रकृति, वातावरण, शिक्षा, राजनीति, समाजलगायतको यथार्थता केलाउँदै समाज सुधार गरी आदर्श समाजको परिकल्पना गरेको बताए । लघुकथाकार सरन राईले लघुकथा सङ्ग्रह उम्दा रहेको बताए ।
लघुकथा विश्लेषक रमेन्द्र कोइरालाले इटहरीमा कविता गोष्ठी, मुक्तक विमोचन तथा गजल महफिलहरु प्रशस्त हुँदै गएकोमा लघुकथाको मियो गाडिएको र आगामी दिनमा लगातार नयाँ नयाँ लघुकथा सङ्ग्रह सिर्जना हुँदै जाने विश्वास व्यक्त गरे ।
लघुकथाकारहरु विष्णु भण्डारी आचार्य, अनु विज्ञाति, सीता रेग्मी, रोशन पराजुली, शारदा दाहाल भण्डारी, श्रीप्रसाद पोखरेल, कृष्ण गौतम, कवि मुक्ति पोख्रेल, टीका आत्रेय, रोहिणी रसिक, लीलानाथ सिलवाल, सिर्जना नेपाललगायत इटहरी, इनरुवा, बेलबारी, धरान, विराटनगर, सुन्दर हरैचा, झोडाहाट, धनकुटा, भोजपुर तथा रामधुनीका साहित्यकारहरुको बाक्लो जमघट भएको थियो ।
लघुकथा वाचन तथा विश्लेषण समेत गरिएको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष प्राध्यापक लेखनाथ घिमिरेले र सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष केशव सुनामले गरेका थिए ।
तस्वीर : पुनम पोखरेल

प्रकाशित मिति: कार्तिक २५ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १२ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १४ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend