Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पाहुना गएका मोहराको हत्या

हाम्रो कोशी आवाज
कार्तिक २८ २०७९, सोमबार
पाहुना गएका मोहराको हत्या

मोरङ: उर्लाबारी नगरपालिकामा एक जना पुरुषको हत्या भएको छ।

आइतबार राति उर्लाबारी नगरपालिका वडा नम्बर ८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ बस्ने  ४२ वर्षीय काजी मोहराको हत्या भएको हो।

हत्या गरेको अभियोगमा प्रहरीले उनका भान्जा २२ वर्षीय सुजन पाचकोटीलाई नियन्त्रणमा लिएको छ। घरायसी वादविवादको क्रममा धारिलो हतियार (दाउ) ले टाउकोमा प्रहार गरी घाइते भई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलवारे उर्लाबारीमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: कार्तिक २८ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend