धरानः सुनसरीको बरहाक्षेत्र नगरपालिका–३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
मृत्यु हुनेमा को१७प ६९४४ नम्बरको मोटरसाइकल चालक बेलबारी नगरपालिका–२ का ३५ वर्षीय हर्कबहादुर राई रहेका छन्, उनको उपचारको क्रममा धरानस्थित बीपी प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ ६ बजे प्रदेश १–०२–०४३ प १७१, को३८प ९२१० र को१७प ६९४४ नम्बरको मोटरसाइकलहरु आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाइते भएका बराहक्षेत्र–१ का ३३ वर्षीय रंजित कार्की, ३५ वर्षीय सुभास श्रेष्ठ, सुन्दरहरैचा–२ का ३८ वर्षीय हेमचन्द्र गुरागाई र २६ वर्षीय इन्दिरा गुरुङको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।