Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रहरी प्रमुख मृत फेला

हाम्रो कोशी आवाज
मंसिर २९ २०७९, बिहिबार
प्रहरी प्रमुख मृत फेला

धरानः सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई सुतेकै अवस्थमा मृत भेटिएका छन् ।
मंगलबार राति साथी भाइसँग रमाईलो गरी खाना खाइसकेर सुतेका राई घरैमा ओछ्यानमा मृत भेटिएका हुन । प्रहरी निरीक्षक राई ओखलढुङ्गाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख थिए । राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र बिदामा घरमा आएका थिए । उनको शव पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
त्यस्तै, सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा मंगलबार राति नै सुतेकै ठाउँमा मृत्यु भएको हो। जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय रामप्रकाश मगरको पनि मृत्यु भएको हो ।
बेलुका राम्रैसँग सुतेका मगरको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मगर केही दिनदेखि प्रेसरका कारण सामान्य बिरामी रहेको परिवारले जनाएको छ । मगर करिब ५ वर्षअघि कोरिया पुगेका थिए ।

प्रकाशित मिति: मंसिर २९ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend