पाँचथरः पाँचथरको फिदिम नगरपालिका–१३ स्थितमा आगोले जलेर एकजना वृद्धा महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ९२ वर्षीया सुकमती नेम्वाङ रहेकी छिन् । फिदिम–१३ स्थित आफ्नै घरमा एक्लै बस्दै आएकी नेम्वाङ अगेना छेऊमा सुतेको अवस्थामा आगोले जली मृत अवस्थामा फेला परेकी हुन् । मृतक लाशलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बुधबार बिहान घरबाट धुवा निस्केको स्थानीय मानिसलेदेखि तत्काल घरभित्र गई हेर्दा वृद्धा महिलाको शरीरमा आगो सल्केको देखेर पानी खन्याई आगो नियन्त्रण गरेको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको टोली खटी गएको थियो ।