Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१७ मा साढे १ करोड बढीको भवन निर्माण

हाम्रो कोशी आवाज
पुष १३ २०७९, बुधबार
धरान-१७ मा साढे १ करोड बढीको भवन निर्माण

धरानः धरान–१७ रेल्वेस्थित उदय सामुदायिक वन कार्यालयको मैदानमा जापानिज राजदुतको उपस्थितमा सुनौलो सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र भवनको उद्घाटन भएको छ ।
शनिबार धरान–१७ स्थित उदय सामुदायिक वन कार्यलयको मैदानमा रिड नेपाल तथा शान्ति भोलिन्टियर एशोशियशन नेपाल र धरान उपमहानगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको भवनको उद्घाटन प्रमुख अतिथि प्रदेश नम्बर १ का पूर्व सभामुख प्रदीपकुमार भण्डारी र विशिष्ठ अतिथि एवं नेपालका लागि जापानीज राजदूत महामहिम किकुता युताकाको उपस्थितमा समुद्घाटन भएको छ ।
रिड नेपाल तथा नेपालका लागि जापानका राजदूत किकुता युताका र जापानी राजदूतावासका प्रथम सचिव किकरु नाकामुरासहित आउँदा स्वागत गरी पन्चेबाझा सहित ¥याली निकाली धरान उमनपा १७ समिति मार्गस्थित उदय सामुदायिक वन कार्यालयको मैदानमा सामुदायिक पुस्तकालय भवनसम्म पैदल यात्रा समेत गरिएको थियो ।
सुधार परियोजना अन्तर्गत जापान सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा शान्ति भोलेन्टियर एसोसिएसन, रिड नेपाल र स्थानीय समुदायको संयोजनमा निर्माण गरिएको सुनौलो सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भवन लगभग १ करोड ५३ लाख ६३ हजार ४ सय ९० रुपैयाँ लागतमा तयार भएको सुनौलो पुस्तालयका पूर्व अध्यक्ष कुलचन्द्र न्यौपानेले जानकारी दिए ।
कार्यक्रमको अध्यक्षता सुनौलो सामुदायिक पुस्तकालयको अध्यक्ष रमेश चक्र खड्काले गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य विजयकुमार राई, नेपालका लागि जापानी राजदुतावासका प्रोग्राम मेनेजर सिदार्थ श्रेष्ठ, शान्ति भोलेन्टियर एसोसिएसन निर्देशक हागिहारा हिरोको, रिड नेपालका अध्यक्ष भोलामान श्रेष्ठ, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, विभिन्न स्कुलका प्रधानाध्यापकहरु, विद्यार्थीहरु, स्थानीयबासिन्दाहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: पुष १३ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend