Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको वडामा निःशुल्क आँखा शिविर

हाम्रो कोशी आवाज
पुष १३ २०७९, बुधबार
धरानको वडामा निःशुल्क आँखा शिविर

धरानः सूर्य आई केयर अस्पताल धरान १२ ले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
रोटरी क्लब अफ धरान र रोटरयाक क्लब अफ धरानको सहकार्यमा धरान–१३ को वडा कार्यालयमा सो शिविर सम्पन्न भएको हो । धरान उपमहानगरपालिका १३ नं. वडा कार्यालयको समेत विशेष सहयोगमा सम्पन्न शिविरमा १०३ जनाले आँखा जाँच गरेका थिए । धरानका हरेक वडा कार्यालय र विभिन्न संघ संस्था र समूहसँग सहकार्य गरेर सूर्य आई केयर अस्पतालले निःशुल्क आँखा शिविर संचालन गरिरहेको छ ।
अस्पताल धरानमै भएकाले धरान र धरान आसपासका समुदायहरुका आँखा रोगीहरुको स्वाथ्य उपचारमा विशेष प्राथमिकता दिएर सेवा प्रदान गरिरहेको सूर्य आई कियरका वरिष्ट आँखा रोग विशषज्ञ डा. इच्छा जोशीले जानकारी दिइन् । शिविर धरान १३ को वडा कार्यालयमा सञलन गरेर आँखा रोगीहरुको उपचारमा सहयोग गरेकोमा आयोजकहरुलाई वडाध्यक्ष नेत्र काफ्लेले धन्यवाद दिएका थिए ।
१०३ जनाको आँखा जाँच गरिएकोमा १५ जनाको मोतिया बिन्दुको अपरेशन गर्नुपर्ने र १७ जनाको आँखासम्बन्धी विशेष रोग भएको पाइएको थियो । शिविरमा निःशुल्क सुगर जाँच, निःशुल्क औषधि र सहुलियत मूल्यमा चस्मा उपलब्ध गरिएको थियो । आँखाको मोतिया विन्दुको अपरेशन लगायत कुनैपनि किसिमको सेवा धरानमा नै विशेष सहुलियत दिए उपलब्ध गराउने योजना रहेको छ ।
समाजले आफ्ना सदस्य परिवार साथै स्थानीय समुदाय समेतलाई लक्षित गरी शिविर संचालन गरेको रोटरी क्लब अफ धरानका अध्यक्ष राजेन्द्र गुरुङले बताए । आँखा शिविरबाट रोट्रयाक क्लवका युवाहरुलाई समेत सामाजिक सेवामा सहभागी गराउँदै उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुगेकोमा कार्यक्रम संयाजक सरिता न्यौपानेले खुशी व्यक्त गरेका थिए ।
आफ्नो वडामा घर नजिकै आँखा सम्बन्धी विशिष्ट सेवा पाएकोमा सहभागीहरुले आफूहरु सन्तुष्ट भएको प्रतिक्रिया दिएका थिए । डिसेम्वर महिना हेल्थ मन्थ भएकाले यो आँखा शिविर सम्पन्न गरेको रोटरी क्लवका पूर्व अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । आगामी दिनमा पनि सूर्य आई केयर अस्पतालसँग सहकार्य गरेर शिविर सम्पन्न गर्ने धारणा रोटरी क्लब अफ धरानकी सचिव दिभा अमात्यले धारणा राखेका थिइन् । कार्यक्रममा रोटरी क्लबका पूर्व अध्यक्ष युगलकुमार श्रेष्ठ, सुरेन्द्रमान् स्थापित र रोटरयाक क्लबका पदाधिकारीहरुको बाक्लो सहभागिता रहेको थियो ।

\

प्रकाशित मिति: पुष १३ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend