Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पुस २० गतेदेखि धरान उत्सव

हाम्रो कोशी आवाज
पुष १४ २०७९, बिहिबार
पुस २० गतेदेखि धरान उत्सव

धरानः धरानमा तीनदिनसम्म ‘धरान उत्सव’ मनाइने भएको छ ।
धरान डे अर्थात् धरानको उपमहानगरपालिकाको जन्मदिनका अवसरमा सार्वजनिक विदा समेत दिएर तीनदिनसम्म उत्सव मनाउन लागिएको बिहीबार कार्यपालिका बैठक कक्षमा आयोजित पत्रकार सम्मेलनमा मेयर हर्कराज राई साम्पाङले जानकारी दिए । पुस २० गतेदेखि तीन दिनसम्म विविध कार्यक्रमका साथ धरान डे लाई उत्सवका रुपमा मनाउन लागिएको उनले जानकारी दिए ।
के के कार्यक्रम हुनेछन् ?
पुस २० गते बिहान ८ बजेदेखि ९ बजेसम्ममा भुपेन्द्र स्मृति पार्क उद्घाटन हुनेछ भने बिहान ११ बजे धरान–१२ स्थित पब्लिक हाइस्कुलबाट जनजाति महासंघको नेतृत्वमा सांस्कृतिक झाँकीसहित रयाली आयोजना हुने वरिष्ठ आर्थिक विकास अधिकृत भक्तिराज शर्माले जानकारी दिए । कार्यक्रम दिउँसो १ बजे प्रमुख अतिथिले धरान डे को औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । सोही दिन पब्लिक हाइस्कुलको प्राङ्गणमा सम्मान, पुरस्कार वितरणलगायतका कार्यक्रम हुनेछ भने ३ बजेदेखि ६ बजेसम्म लोकदोहोरी प्रतियोगिता आयोजना हुनेछ । त्यसपछि बेलुका ९ बजेसम्म सांगीतिक कार्यक्रम शुरु हुनेछ । कार्यक्रम अवधिभर बिहान १० बजेदेखि ४ बजेसम्म स्वास्थ्यसम्बन्धी कार्यक्रम र बेलुका ६ बजेदेखि राति ९ बजेसम्म सँंगीतिक तथा साँस्कृतिक कार्यक्रम आयोजना हुनेछ ।
पुस २१ गते दोश्रो दिन बिहान ९ बजेदेखि १० सम्म मास साइक्लिङ, बिहान १० देखि १२ बजेसम्म सुनसरी सम्मृद्धिका लागि समन्वय र प्रयास विषयक जिल्लाभरीका प्रमुख तथा उप प्रमुखहरुबीच छलफल, बिहान ११ बजेदेखि १२ः३० सम्म प्रथम, दोस्रो र तेस्रो हुने निबन्ध प्रतियोगिताका निबन्ध वाचन गर्नुका साथै दिउँसो १ बजे देखि ३ बजेसम्म विद्यालयका प्रथम, दोस्रो र तेस्रो हुने लोकनृत्य प्रदर्शन गर्नुका साथै उपराहन्न ३ बजेदेखि ५ बजे सम्म रस्सी तान प्रतियोगिता आयोजना हुनेछ ।
अन्तिम तथा तेश्रो दिन शुक्रबारका दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म समापन कार्यक्रम र ३ बजेदेखि ५ बजेसम्म जातीय संघसंस्थाहरुको साँस्कृतिक प्रस्तुति समेत रहने धरान उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले रयालीमा सहभागीहरुले आ आफना जातिय भेषभुषामा सहभागी हुन सकिने र कर्मचारीका हकमा आ–आफ्नो कार्यालयको कर्मचारी परिचय पत्र र ड्रेस अनिवार्य लगाउनुपर्नेछ भने बिभिन्न संघ संस्थाका सहभागीहरुले आ–आफनो ब्यानरमै सहभागी हुन अनुरोध समेत गरेको छ ।
पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने अवसरको रुपमा पनि यो उत्सवलाई लिइएको उनले जानकारी दिए । सांस्कृतिक नाचगान र खानपानका साथै विशेष बाह्य तथा आन्तरिक पर्यटकहरुमा जानकारी गराउन उत्सव आयोजना गर्न लागिएको मेयर साम्पाङले जानकारी दिए । ‘धरान उत्सवमा धरानमा रहेका जातजातिहरुको सांस्कृतिक भेषभुषा, गरगहना, जातीय नाच र खानपानलाई विशेष बाह्य तथा आन्तरिक पर्यटकहरुमा जानकारी गराउन धरान डे मनाउन लागेका हौं,’ उनले भने, ‘त्यसको लागि सबै जुट्नु आवश्यक छ ।’
धरान डे को दिन सार्वजनिक विदा समेत दिइने मेयर साम्पाङले जानकारी दिए ।
वडाध्यक्ष पनि आए
यसअघि धरान डे मनाउने तयारी गरिहँदा वडाध्यक्षहरु उपस्थिति थिएनन् । त्यतिबेला दुईजना वडाध्यक्ष मात्रै आएका थिए । तर बिहीबार आयोजित पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, धरान–१४ का वडाध्यक्ष धरान–१५ का वडाध्यक्ष नरेश इवारम, धरान–१७ का वडाध्यक्ष मनोज भट्टराई, धरान–१८ का वडाध्यक्ष प्रविन राईको उपस्थिति रहेको थियो । उत्सवका लागि करिब २२ लाख रुपैयाँ खर्च हुने समेत जनाइएको छ ।

प्रकाशित मिति: पुष १४ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend