Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रमा रुखबाट लडेर मृत्यु

हाम्रो कोशी आवाज
पुष १४ २०७९, बिहिबार
बराहक्षेत्रमा रुखबाट लडेर मृत्यु

धरानः सुनसरीको बराहक्षेत्र–३ नडाहाका एक व्यक्तिको रुखबाट लडेर मृत्यु भएको छ ।
स्थानीय बुद्धिमान कार्कीको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । ७२ वर्षीय उनी कालिन्द्र सामुदायिक वनको जंगलमा बाख्रालाई घाँस काट्ने क्रममा अचानक रुखबाट लड्न पुगेका थिए । रुखबाट खसेर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष १४ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend